गोरखा – कान्तिपुर दैनिकमा प्रकासित समाचार अनुसार महाभूकम्पबाट प्रभावित बस्ती पुनर्वास समितिले १० दिने सूचना प्रकाशित गरेको छ, जसमा बस्ती छाड्न तयार रहन आग्रह गरिएको छ। महाभूकम्पको केन्द्रविन्दु गोरखा बारपाक आसपासका बस्तीलाई विस्थापन गर्ने तयारीमा छ उक्त समिति। छियाछिया परेको त्यस क्षेत्रको जमिन वर्षाको सामान्य भेलले पनि सहजै बगाउने जोखिममा छ। जिल्लाका सबै सभासद् सम्मिलित समितिले थप विपत्ति निम्तिन नदिन ११ गाविसका २२ वटा बस्तीलाई अन्यत्रै सार्ने उपाय निकालिएका हो।
पहिरोका कारण त्यस क्षेत्रमा एक रात कटाउन पनि जोखिमपूर्ण छ।