विराटनगर – बर्षासंगै परेको चट्याङ लागेर सुनसरी र सप्तरीमा तीन महिलाको मृत्यु भएको छ ।
सोमबार सांझ चट्याङ लागेर सुनसरी तनमुना-५ बस्ने ५५ वर्षिया सावित्री देवी साह, नर्सिङ ३ बस्ने ४५ वर्षिया लक्ष्मी मण्डल र सप्तरी कञ्चनपुर नगरपालिका ४ बस्ने ५० वर्षिया मन्जुदेवी साहको मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तीन जनामध्ये लक्ष्मी मण्डलको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो भने अन्य दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले सुनसरी तनमुनामा केही घरमा पालिएका पशु समेत मरेका छन् । इमेजखबरमा समाचार छ ।