नुवाकोट । भूकम्प र पहिरोले बस्ती ध्वस्त पारेपछि नुवाकोटका ग्रामिण भेगका नागरिकहरु बसाई सर्न थालेका छन् ।
पहाडमा बसोवास गरिरहेकाहरु समथल ठाउँ खोज्दै बसाइ सर्ने क्रम बढेको हो ।
नुवाकोटका शिखरवेशी, राउतवेशी, घ्याङ्फेदी, उर्लेनी, किम्ताङ लगायतका गाउं विकास समितिका स्थानियहरु चितवन र जिल्ला भित्रकै समथर ठाउँमा बसोवास गर्न हिडेका छन् ।
भूकम्पले घरसंगै सबै सम्पत्ति सिध्याएपछि बचेका पशु चौपाया बटुलेर पीडितहरु बसाई सरिरहेका छन् ।
जिल्लाको ३० भन्दा बढी घना मानव वस्ती भूकम्पका कारण चिराचिरा भएको छ ।
आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीयहरु त्रसित छन् । विशेष गरी पराकम्पहरुले जमिन चिर्दै आएको छ ।
नुवाकोट जिल्लाको घ्याङ्फेदी, उर्लेनी, किम्ताङ, भाल्चे, नर्जामण्डप, काहुले, मनकामना, खरानीटार, दुईपिपल, फिकुरी, सुन्दरादेवी, जिलिङ्ग, कुमरी, गाउँखर्क, साल्मे लगायतका गाउँ विकास समितिका बस्तीहरु रहेको जमिन चर्केका छन् । इमेजखबरमा समाचार छ ।