कपिलवस्तुको निग्लीहवा ७ पचेहरामा बन्दै गरेको भवनको सेफ्टी टयांकीमा निसास्सिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।
स्थानीय प्रकाश केवटको बन्दै गरेको घरको सेफ्टी ट्यांकी सफा गर्ने गर्न भित्र छिरेका पाँचै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
कपिलवस्तुकै बाणगंगा नगरपालिका ४ हथौसा बस्ने भदै थारु, रमेश पासी, तौलेश्वर थारु, तिलक थारु र बाणगंगा ४ बस्ने शिवनारायण यादवको मृत्यु भएको हो।
प्रहरीले सेफ्टी ट्यांकी भत्काएर उद्धार गरी तौलिहवा अस्पताल पुर्याए पनि उनीहरुलाई बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मामा लगाइने प्रहरी उपरिक्षक विक्रम गुरुङ्गले जानकारी दिए । सेतोपाटीमा समाचार छ ।