विनाशकारी भूकम्पका कारण मृत्यु भएका पाँचसय भन्दा बढी परिवारलाई राहत वितरण

धुन्चे (रसुवा)- विनाशकारी भूकम्पका कारण मृत्यु भएका पाँचसय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ।
जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद भट्टराईका अनुसार ५ सय १६ जना मृतकका आफन्तलाई ४० हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो।
यसैगरी घर पूर्णरुपमा क्षति भएका १० हजार ६ सय २५ घरधुरीलाई प्रतिघरधुरी पाँच हजार रुपैयाँ, आंशिकरुपमा क्षति भएका २ सय ६३ परिवारलाई रु तीन हजार र खानाखर्चबापत प्रत्येक परिवारलाई रु दुई हजारका दरले राहत वितरण गरिएको उनले बताए।
राहत लिन कोही छुटेको भए सम्पर्क गर्न जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिले आग्रह गरेको छ। रासस