काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि विदेशी दातृ निकायले घोषणा गरेअनुसारको सबै रकम प्राप्त नभएको बताएका छन् ।
उनले प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै विपत्तिका बेला सबैले एकजुट भइ सहयोग गर्न अपील गरे ।
एकद्धार प्रणालीबाट मात्रै राहत र पुनःस्थापनाको काम प्रभावकारी हुने भन्दै प्रधानमन्त्री कोइरालाले यसैमार्फत् सहयोग गर्न आग्रह गरे ।
यसैबीच, शुक्रबार सिद्धार्थ बैक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ । इमेजखबरमा समाचार छ ।