वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति

काठमाडौ  – वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति पुगेका छन् । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएका छन् । बाँकी ६ सय ८ सम्पदा भने आंशिक र सामान्य रूपमा क्षति भएको पुरातत्व विभागले जनाएको छ ।