सिरहाको अयोध्यापुरीमा अज्ञात रोगका कारण ५ जनाको मृत्यु

सिरहाको अयोध्यापुरी ६ मुसहर बस्तिका अज्ञात रोगका कारण ५ जनाको मृत्यु भएको छ ।
८ जना सिकिस्त विरामी भएका छन् ।
स्थाथीय डुलुवा सदा, कोचिला सदा, गर्भा सदा र स्वास्थ्थस्वयमसेवी जिवसी सदाको मृत्यु भएको पत्रकार अर्जुन थपलियाले जानकारी दिएका छन् ।
विरामीहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । सो क्षेत्रमा जिल्ला जनस्वास्थ्थ कार्यालयले टोली पठाएको छ । सास फेर्न गाह्रो हुने, रिङटा लाग्ने र मृत्यु भएपछि नाकबाट रगत आउने लक्षण देखिएको छ । सेतोपाटीमा समाचार छ ।