संविधानसभामा प्रतिनिधित्व गर्ने चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाबीच संविधानका विवादित विषय टुंग्याउन सोमबार राति १६ बुँदे सहमति भएको छ।
अबेर राति सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताले १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे।
दलहरुबीच भएको सहमति अनुसार अब बन्ने संविधानमा नेपालमा ८ वटा संघीय प्रदेश रहेन कुरा उल्लेख गरिने छ। प्रदेशको नामांकन जिम्मा प्रदेश सभालाई र सीमांकनको जिम्मा विज्ञहरुको आयोगले दिइएको छ।
जेठ २५ गते साेमबार बालुवाटारमा भएको सहमतिको पूर्णपाठ :

संविधानका विवादित विषयमा प्रमुख दलबीच सहमति भएको छ । सहमतिमा प्रमुख दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।
चार राजनीतिक दलका शीर्ष नेताहरुले राति पाैने ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर १३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
बैठकका निर्णयबारे राति नै पत्रकार सम्मेलनकाे अायाेजना गरिएकाे छ ।
पत्रकार सम्मेलनको तयारी। तस्विरः प्रशान्त लामिछाने
चार राजनीतिक दलका शीर्ष नेताहरुले साेमबार राति पाैने ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।