काठमाडौ, जेष्ठ २६ – देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी मंगलबारसम्ममा ८ हजार ७ सय ७८ जनाको ज्यान गएको छ भने २२ हजार ३ सय ३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय ३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ५ सय २५, पश्चिम क्षेत्रमा ४ सय ६१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । घाइते हुनेहरुमा उपत्यकामा १३ हजार १ सय २, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ४ सय ७०, पश्चिम क्षेत्रमा १ हजार २ सय ४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना छन् । मृतक ८ हजार ६ सय ८१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४ हजार ४ सय २ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएहरु मध्ये नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी बल १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ८३ जना तथा घाइते भएका नेपाल प्रहरी १ सय ८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी बल ३२ र बिदेशी पर्यटक ५० छन् ।
भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २ लाख ८ सय ६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३ सय २६, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १ सय ४८ गरी जम्मा ४ लाख ६९ हजार ५ सय ३९ भौतिक संरचनाहरु क्षति भएको नेपाल प्रहरीले जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।