काठमाडौ, जेष्ठ २६ – ३० दलीय मोर्चामा आवद्ध एमाओवादी र फोरम लोकतान्त्रिक बाहेकका दल आजको संबिधानसभा को बैठकमा उपस्थित भएनन् ।
प्रमुख राजनीतिक शक्तिबीच नयाँ संबिधान निर्माणको बिषयमा हिजो भएको सहमतिप्रति असन्तुष्ट ति दलले आजको बैठकमा सहभागी नभएका हुन् ।
मोर्चामा आवद्ध अधिकांश दल संबिधानसभामा प्रतिनिधित्व गर्दैनन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयस त्रिपाठीले संबिधानसभामा नजाने ३० दलीय मोर्चाको यसअघिकै निर्णयको आधारमा आजको बैठकमा सहभागी नहुने निर्णय भएको बताएका थिए ।