काठमाडौं । गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्पपछि अझै पनि पराकम्पन आउने क्रम रोकिएको छैन ।
पहिलेका दिनको तुलनामा पराकम्पनको क्रम भने घट्दै गएको छ । बुधबार मात्रै दिउँसो ४ बजेसम्म चार म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका छन् ।
बुधबार दिउँसो २ बजेर ५१ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको छ । त्यस्तै, दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको छ ।
यस्तै, बुधबार बिहान बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोककै केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबार र मंगलबार चार म्याग्निच्यूडमाथिका पराकम्पनको धक्का महसुस भएन । त्यसअघि, आइतबार राति १० बजेर ३५ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।
वैशाख १२ को गोरखा भूकम्प र त्यसपछिका पराकम्पनमा परी हालसम्म ८ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । इमेजखबरमा समाचार छ ।