ताप्लेजुङका विभिन्न गाविसमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३०, धेरै मानिस बेपत्ता

ताप्लेजुङका विभिन्न गाविसमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। धेरै मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। 
 
लिवाङ गाविसमा एकै परिवारका ९ सहित १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  लिवाङ-१ मा एउटै घरमा सन्तहान फेन्सोहाङको परिवारका ९ जनाको शव फेला परेको हो। सन्तहाङ फेम्सोहाङ, आइतमाया फेम्सोहाङ, शिक्षा फेम्सोहाङ, जुनु फेम्सोहाङ, प्रेम फेम्सोहाङ, अन्जु फेम्सोहाङ, शिशिर फेम्सोहाङ, सपना फेम्सोहाङ, तीन महिनाको नाम नखुलेको बच्चा र लेलेपबाट पाउना बस्न आएकी राई थरकी एक महिलाको शव भेटिएको हो । सन्तमान भने बेपत्ता छन्। 
 
लिवाङ-१ मा नै निमा खाङ्दु शेर्पा र उनको नातीको समेत मृत्यु भएको छ भने चन्द्र घिमिरे र नारायण अधिकारी बेपत्ता छन्। लिवाङमा थप छ जनाको शव भेटिएको स्थानीयले बताएका छन्। 
 
थिम्लाबु गाविसको याकफेदीमा ५ जनाको शव भेटिए पनि सनाखत हुन सकेको छैन। खोप्लिङ-७ धुसेनीमा पहिरोमा परी ११ वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त बिकको मृत्यु भएको छ। यस्तै लिङ्तेक-१मा चमेली भनिने आइतबहादुर लिम्बुकी छोरीको मृत्यु भएको छ। 
 
सान्थाक्रा-३मा अमरबहादुर लिवाङ र उनका एक नाती तथा लिङ्तेन-१मा मनमाया लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाभरी १० जनाभन्दा बढि गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालाय ताप्लेजुङले जनाएको छ। सेतोपाटीमा समाचार छ ।