काठमाडौं । लगातारको गर्मीले आक्रान्त बनेकाहरुलाई आज केही वर्षा हुँदा थोरै भएपनि राहत मिलेको छ ।
देशको पुर्वी र पश्चिमी क्षेत्रमा अहिले बर्षा भैरहेको छ भने काठमाडौं उपत्यकामा पनि आज अपरान्ह बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज दिउसोको अधिकतम तापक्रम २९ देखी ३० डिग्री सेल्सियसको विचमा रहने अनुमान छ ।
यसअघि काठमाडौंको तापक्रम ३४ डिग्री सेल्सियसको हाराहारीमा रहँदै आएपनि वर्षा सुरु भएसँगै अधिकतम तापक्रम घट्न थालेको हो ।
सामान्यतया जुन १० देखि नेपालमा मनसुन सुरु हुने भएपनि यसपटक केही ढिलो भएको हो ।
मनसुन भित्र्याउने केही पश्चिमी वायु सक्रिय भइसकेकोले अवको केही दिनमै मनसुन सुरु हुने मौसमबिद सुवास रिमालले जानकारी दिए ।
यता, काठमाडौ उपत्यकामा आज सवारी आवागमन सामान्य अवस्थामा भइरहेको छ । भुकम्पको जोखिम घटेसँगै काठमाडौं उपत्यका भित्रिने यात्रुहरुको संख्या बुधवार पनि बढेको छ ।
बुधवार विहानदेखि आज विहानसम्म उपत्यकाबाट बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या ८ हजारले बढी छ ।
यसअघि यती नैं अवधिमा बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या ६ हजारले बढी थियो ।
त्रिभुवन बिमानस्थलबाट सञ्चालन हुने हवाई उडानहरु अहिले नियमित रुटिनमा छन् । यात्रु अभावले गर्दा आजपनि माउन्टेन फ्लाइट भने भएन । इमेजखबरमा समाचार छ ।