अहिले केहीबेर अघि काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महशूस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.३ रेक्टर स्केलको धक्का महशूस गरिएको हो। भूकम्पको धक्का उपत्याकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ तथा रसुवामा गरिएको थियो।
यसअघि पनि सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.६ रेक्टरस्केलको भूकम्पको धक्का बिहान १० बजेर २ मिनेटमा गरिएको थियो।
वैशाख १२ गते गएको भूकम्प पछि परकम्पन आउनेक्रम अझै रोकिएको छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलभन्दा ठूलो धक्का भए मात्र असर गर्छ। सेतोपाटीमा समाचार छ ।