काठमाडौं, जेष्ठ २९ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी नभएसम्म पदत्याग नगर्ने प्रष्ट पारेका छन् ।
शुक्रबार बिहान आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ-संस्थाले जम्मा गरेको रकमको चेक बुझ्दै कोइरालाले आफूलाई धेरै दिन पदमा बस्ने रहर नभएकाले छिटो संविधान जारी गर्न सबै दलसँग आग्रह गरे । आफू पद ओगट्न प्रधानमन्त्री नबनेको कोइरालाको भनाइ थियो ।
प्रधानमन्त्रीले दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने वचन पनि दिए ।
शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डोल्पु समाजले ७ लाख, पस्मिना संघले १० लाख, पुन समाज नेपालले २० लाख ७७ हजार, कम्पनी रजिष्टार कार्यालय कर्मचारी संगठनले १ लाख ८३ हजार रुपैयाँ जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।