संविधानसभाको बैठकमा बहुमतद्धारा समितिको प्रतिवेदन पारित, संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाइयो

काठमाडौ, जेष्ठ २९ – संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिले नयाँ संविधानका विवादित विषय टुंग्याएर पेस गरेको प्रतिवेदनलाई संविधानसभाको शुक्रबारको बैठकले बहुमतले पारित गर्दै मस्यौदा समितिमा पठाएको छ ।
समितिको प्रतिवेदनमाथि सभासदहरुको बोल्ने क्रम सकिएपछि त्यसलाई बहुमतले परित गरिएको थियो । राप्रपा नेपालले विपक्षमा ध्वनी मत दिएको हो । मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा र सदभावना सहित ५ दलले संविधानसभा बैठक बहिष्कार गरी बाहिरिएका थिए ।
संविधानको मस्यौदा तयार गर्न मस्यौदा समितिलाई बढीमा १५ दिनको समय दिइएको छ । कुनै विषय छुटेको भए त्यसलाई समावेश गर्नपनि समितिलाई संविधानसभाले अधिकार दिएको छ । असन्तुष्टपक्षसँग कुनै सहमति भए त्यसलाई समेटन यस्ले बाटो खुला गरेको हो । इकान्तिपुरमा समाचार छ ।