भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माणका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ आवश्यक पर्ने

काठमाडौ, जेष्ठ ३० – भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माणका लागि ६ खर्ब ६६ अर्ब रुपैयाँ आवश्यक पर्ने विपत्पछिको आवश्यकता पहिचान (पीडीएनए) प्रतिवेदनले औंलाएको छ ।
करिब एक महिनामा तयार पारिएको उक्त प्रतिवेदन राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले शुक्रबार पास गरेको छ । प्रतिवेदन अनुसार गत वैशाख १२ गते गएको भूकम्पले कुल ७ खर्ब रुपैयाँ क्षति भएको देखाएको छ । भूकम्पबाट प्रत्यक्ष भौतिक क्षति ५ खर्ब १३ अर्ब रुपैयाँ भएको छ । भूकम्पका कारणबाट हुन सक्ने आम्दानीको नोक्सानी भने १ खर्ब ८७ खर्ब रुपैयाँ रहेको आयोगको
अनुमान छ ।