परकम्प आउने क्रम अझै रोकिएन, दोलखा केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्‍का महसुस

काठमाडौं – वैशाख १२ गते पछि नियमित रूपमा परकम्प आउने क्रम अझै रोकिएका छैन।
शनिबार बिहान दोलखा केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्‍का महसुस भएको छ। बिहान ७ बजेर ३ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
शुक्रबार बिहान मात्रै दुई पटक भूक्‍पको धक्‍का महसुस गरिएको थियो।  यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ म्याग्‍निच्‍यूडको धक्‍का महसुस भएको थियो। 
सोही मध्‍यराति पनि सिन्धुपाल्‍चोकलाई नै केन्द्रबिन्दु बनाएर राति ९ बजेर ५७ मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्‍का करिब १० सेकेन्डसम्म महसुस भएको थियो। नेपाली संचारमाध्यममा समाचार छ ।