एम्नेष्टी इन्टरनेशनलको नेपाल शखाका तीन पदाधिकारी सहित आठजनाले राजीनामा दिए

मानव अधिकारवादी स‌स्था एम्नेष्टी इन्टरनेशनलको नेपाल शखाका तीन पदाधिकारी सहित आठजनाले राजीनामा दिएका छन् । 
 
उनीहरुले एम्नेष्टी इन्टरनेशनलको नीतिप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएको विज्ञप्तीमार्फत जनाएका छन् ।
 
एम्नेष्टीले सीके राउतप्रति सदायता राखेको तर आमरण अनशनकै क्रममा ज्यान गुमाएका नन्दप्रसाद अधिकारीबारे मौन बसेको भन्दै असन्तुष्टभएका उनीहरु संस्थाबाटै अलग भएका हुन् ।
 
 उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रविन अग्रवाल र सदस्यहरु अर्जुन अधिकारी, पद्मिनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमारी निरौला र हेरम्बदेव भट्टराईले आइतबार राजीनामा दिएका हुन् ।
 
यसअघि यस्तै कारण देखाएर पूर्व सभापति कृष्ण पहाडी र कृष्ण कँडेलले पनि एमनेष्टीको अभियानबाट अलग भएको घोषणा गरिसकेका छन्। सेतोपाटीमा समाचार छ ।