काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा भएको विपद्को सरकारले डटेर सामना गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार विभिन्न संघ-संस्थाले हस्तान्तरण गरेको सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले विपद्को सामना गर्न सबैले गरेको सहयोगको प्रशंसासमेत गरे ।
उनले संकटकको घडीमा सबै दलको साझा प्रयासबाट लोकतान्त्रिक संविधान पनि जारी हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार नेपाल निर्माण व्यवसायी संघले १ करोड र छपनी समाज गुल्मीले १ लाख रुपैयाँ जम्मा गरेका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले मुलुक पुनःनिर्माणका लागि निर्माण व्यवसायीहरुले गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले स्वदेशी व्यवसायीहरुले गुणस्तरीय सेवा दिन नसकेकाले निर्माण क्षेत्रमा विदेशी गुहार्नुपरेको गुनासो गरे ।
मन्त्री डा. महतले आधुनिक प्रविधि भित्र्याउन निर्माण व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । इमेजखबरमा समाचार छ ।