पराकम्पन आउनेक्रम अझै रोकिएन, काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४ वटा पराकम्पन

काठमाडौं । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
बुधबार बिहान मात्रै काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४ वटा पराकम्पन गएका छन् ।
बिहान ५ बजेर ५८ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन गएको छ भने त्यसको केहीबेरमै ६ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दू बनाएर ५ दशमलव २ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसैगरी, बिहान ६ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएरै ४ म्याग्निच्युडको पराकम्पन गएको छ भने ८ बजे सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ५ दशमलव १ म्याग्निच्यूडको पराकम्पन गएको छ ।
बिहानै लगातार पराकम्पन गएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिरको खुला ठाउँमा निस्किएका थिए ।
यसअघि, मंगलबार राति ९ बजेर ५६ मिनेट जाँदासमेत दोलखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन गएको थियो । – इमेजखबरमा समाचार छ ।