धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन

काठमाडौं  ।  धादिङलाई केन्द्रविन्दु बनाएर विहिबार पनि भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ८ बजेर २४ मिनेट जाँदा धादिङको बोरङलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बुधबार काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर चार म्याग्निच्युटमाथिका चार वटा पराकम्पन गएका थिए । इमेजखबरमा समाचार छ ।