राजधानी लगायत आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट म्यान्मा आसपास क्षेत्रसम्म मौसमी हावाको गतिविधि सुरु भइसकेकोले शुक्रबार सोही मनसुन राजधानी भित्रिएको हो।
पूर्वी भेगबाट प्रवेश गर्ने मौसमी हावाले यस अवधिमा पश्चिमी भेगतर्फ सर्दै देशभर वर्षा गराउने र पुनः पश्चिमबाट पूर्व हुँदै निष्क्रिय हुने मौसमविद्हरुको भनाई छ।
यसरी भित्रने मनसुनले विभिन्न उच्च तथा पहाडी भेगमा हावाहुरी, गर्जन, चट्याङ र क्षणिक वर्षाको सम्भावना छ । यो क्रम भने पश्चिमी क्षेत्रबाट पूर्वी भेगमा सर्दै गएको महाशाखाले जनाएको छ । सेतोपाटीमा समाचार छ ।