माओवादी द्धन्द्धकालमा घाइतेको धरानमा निःशुल्क उपचार

सुनसरी, आषाढ ५ । माओवादी द्धन्द्धकालमा राज्य र विद्रोही पक्षबाट अंगभंग भएका घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निःशुल्क उपचार गर्ने भएको छ ।
द्धन्द्धकालमा घाइतेको उपचार गर्न सरकारले प्रतिष्ठान हाताभित्र सुविधासम्पन्न भवन बनाइ पुनःस्थापना केन्द्र स्थापना गर्ने भएपछि द्धन्द्धकालका घाइतेले निःशुल्क उपचार पाउने भएका हुन् ।
विशेषज्ञ सेवासहितको पुनःस्थापना केन्द्र सन्चालन गर्न प्रतिष्ठानको हाडजोर्नी विभागलाई जिम्मेवारी दिएको प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. गुरु खनालले जानकारी दिए ।
द्धन्द्धकालमा हात खुट्टा गुमाएर अशक्त भएका व्यक्तिको खोजी गरी तथ्यांक संकलन गर्न पूर्वान्चलका १६ ओटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको पनि उनले बताए । इमेजखबरमा समाचार छ ।