काठमाडौं। सरकारी कर्मचारीहरुले भूकम्पबाट क्षति भएका ललितपुरका विभिन्न तीन विद्यालयमा अस्थायी टहरा निर्माण गरेका छन् ।
उनीहरुले लामाटारको बासुकी माबि, कालीदेवी माबि र लुभुको बेष्ट विङ्ग उच्च माविका लागि अस्थायी टहरा निर्माण गरेको सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
एमालेको पेशागत महासंघ अन्तर्गत रहेको सार्वजनिक संस्था कर्मचारी संगठन र बैंक, विमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ नेपालमा आबद्ध सरकारी कर्मचारीहरुले ललितपुर उपमहानगरपालिका र महालक्ष्मी नगरपालिका अन्तर्गत लुभु, लामाटार, सिद्धिपुर, टिकाथली, च्यासल, लाँकुरी भञ्ज्याङ्गमा जोखिमपूर्ण घरहरु हटाउने काम गरेको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका कोषाध्यक्ष धर्मराज अर्यालले जानकारी दिए । इमेजखबरमा समाचार छ ।