प्रधानमन्त्री सुशील कोइरालाद्धारा राहत रकम हिनामिना गर्ने जोकोहीलाई पनि नछाड्ने प्रतिबद्धता

काठमाडौं  ।  प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोगमा कुनै हिनामिना नहुने बताएका छन् ।
विभिन्न संघसंस्थाबाट प्राप्त राहत रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले राहत रकम हिनामिना गर्ने जोकोहीलाई पनि नछाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।
राजनीतिक दलहरुको सहमतिबाट अब छिट्टै संविधान जारी हुने भन्दै उनले संविधान निर्माणपछि मुलुक सम्मृद्धिको दिशामा उन्मुख हुने बताए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आइतबार विभिन्न संघसंस्थाले २१ लाख रुपैयाँ राहत जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।