काठमाडौं – कांग्रेसले महाभूकम्प पीडितका लागि प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ ।
कांग्रेसका भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा खटिएको टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षा कोठा, एउटा मन्दिर र १० वटा सामूदायिक भवन निर्माण गरेको जनाएको छ ।
कांग्रेस अभियानमा १५ हजार सहभागी भएको आइतबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न जिल्लाहरुबाट पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ता खटिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भूकम्पपछि