गोरखाको सानागाउँमा सिम्रिक एयरको हेलिकप्टरमा आगलागी

काठमाडौ  – गोरखाको सानागाउँमा सोमबार बिहान सिम्रिक एयरको हेलिकप्टरमा आगलागी भएको छ । 
गोरखाका डीएसपी अर्जुन चन्दका अनुसार खानेपानी तथा सरफाई आयोजनाका लागि गएको हेलिकप्टरबाट यात्रु तथा पाइलट उत्रेलगत्तै आगलागी भएको हो । के कारणले गर्दा अागाे लागेकाे हाे अहिलेसम्म खुल्न सकेकाे छैन, उनले भने । जहाजमा पाँच जना सवार थिए ।
सिम्रिक एयरका अधिकारीका अनुसार के भएकाे हाे भन्ने पूर्ण खबर अाएकाे छैन । जाँचबुचका लागि अर्काे हेलिकप्टर त्यसतर्फ पठाइएकाे उनले बताए । ईकन्तिपुरमा समाचार छ ।