काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलले विगतमा गरेको गल्ती र कमजोरीका कारण मुलक र जनताले दुःख पाएको स्वीकारेका छन् ।
मंगलबार आफ्नै निवास बालुवाटारमा विभिन्न संघ-संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको चेक बुझ्दै कोइरालाले राजनीतिक दललाई हिजोको गल्ती र कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने चुनौती थपिएको बताए ।
संविधान दिने नाममा जनतालाई दुःख दिने काम भएको भन्दै कोइरालाले समय लम्ब्याए जनताको धैर्य टुट्ने बताए ।
मंगलबार कान्तिपुर फाउन्डेशनमा विभिन्न संघ