भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट ४ खर्ब ४० अर्ब रुपैया सहयोग

काठमाडौ  – सरकारले खर्च गर्ने क्षमता बढाउन सके मुलुकको पुर्ननिर्माणका लागि चाहिने अधिकांश रकम दाताहरुबाटै जुटने देखिएको छ । बिहीबार राजधानीमा आयोजना भएको पुर्ननिर्माण सम्मेलनका क्रममा दाताहरुले आगामी ५ बर्षसम्म हुने पुर्ननिर्माणका लागि मात्रै दाताहरुले ४ खर्ब ४० अर्ब रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।
जसमध्ये ऋण र अनुदानको अंश आधा आधा भएको अर्थमन्त्री रामशरण महतले जानकारी दिए ।