काठमाडौं उपत्यका भूकम्पको धक्का महसुस

बिहीबार राति काठमाडौं उपत्यका भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । 
 
बुधबार दिउँसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएयता बिहीबार राति अर्को भूकम्पको धक्का महसुस भएको हो । 
भूकम्पको धक्काले काठमाडौं उपत्यका र आसपासका बासिन्दा त्रसित भएका थिए । अन्नपूर्णपोष्टमा समाचार छ ।  

सेतोपाटीमा समाचार:
नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साझ ९ बजेर ७ मिनेटमा गएको भूकम्प ४.३ रेक्टर स्केलको हो।
काठमाडौंबाट १५ किमी उत्तर पश्चिम पारेर गएको भूकम्पको धक्का राजधानीसहित नुवाकोट, धादिङ, काभ्रेलगायतको जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीले  बताए।