सिन्धुपाल्चोक । गत वैशाख १२ गते शक्तिशाली भूकम्पपछि चीनको खासामा रोकिएका मालबाहक कन्टेनरहरु शुक्रबारदेखि नेपाल पठाइने भएको छ ।
भूकम्पले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल कमजोर बनेको भन्दै चिनियाँ पक्षले कन्टेनरहरु छाड्न अस्वीकार गर्दै आएको थियो ।
व्यापारीहरुले नेपाल सरकारमार्फत् चिनियाँ पक्षलाई कन्टेनहरु छाड्न आग्रह गर्दै आएकोमा चिनियाँहरु कन्टेनर छाड्न सहमत भएका हुन् । इमेजखबरमा समाचार छ ।