काठमाडौंबाट मुग्लिन जाँदै गरेको माइक्रोबसको ठक्करबाट बालकको ज्यान गएपछि सडक अवरुद्ध हुँदा हजारौं यात्रु पृथ्वी राजमार्गमा अलपत्र

गोरखा  – काठमाडौंबाट मुग्लिन जाँदै गरेको माइक्रोबसको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको ज्यान गएपछि मृतकका आफन्त पृथ्वी राजमार्ग अवरुद्ध गरेर आन्दोलित भएका छन् ।
बा ३ ख २३९० नम्बरको माइक्रोबसले शुक्रबार दिउँसो दारेचोक गाविस-८ कुरिनटारका नौ वर्षे समीर चेपाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको थियो ।
सवारी चालकलाई कारबाही र मृतकका आफन्तलाई राहत माग गर्दै स्थानीयले तीन घन्टादेखि पृथ्वी राजमार्ग अबरोध गरेको चितवन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा हजारौं यात्रु पृथ्वी राजमार्गमा अलपत्र छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिर जाने र काठमाडौं आउने सयौं सवारीसाधनका हजारौं यात्रु सडकमै अलपत्र परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरेपनि मृतकका आफन्तले माग पूरा गर्नुपर्ने अडान लिएका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।