सिन्धुपाल्चोक कारागारबाट फरार भएका कैदीलाई काठमाडौंको डिस्कोबाट पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट फरार भएका एक कैदीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
फरार कैदी रावणजित तामाङलाई सुन्धारास्थित बेविलोन डिस्कोबाट प्रहरीले पक्राउ गरेको हो ।
फरार कैदी डिस्कोमा रहेका थाहा पाएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरी लिएर जाँदै गर्दा भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी पुनः नियन्त्रणमा लिएको हो ।
घुँडामुनी गोली लागेर घाइते भएका तामाङको बीर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
कैदी तामाङलाई भगाउन खोज्ने सञ्जय श्रेष्ठलाइसमेत प्रहरीले पक्राउ गरेको छ ।
वैशाख १२ को भूकम्पपछि कैदी तामाङ सिन्धुपाल्चोक कारागारबाट फरार भएका थिए । उनी लागूऔषध कारोबारमा १० वर्षको कैद सजाय काटिरहेका कैदी हुन् । इमेजखबरमा समाचार छ ।