काठमाडौं । धादिङलाई केन्द्र विन्दु बनाएर शुक्रबार राति भूकम्पको एउटा पराकम्पन गएको छ ।
धादिङको भूमिस्थान नजिक केन्द्रविन्दु बनाएर १ बजे र ४९ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार पनि दुई वटा पराकम्पन गएका थिए । गत वैशाख १२ गते आएको भूकम्पपछि पराकम्पन आउने क्रम रोकिएको छैन । इमेजखबरमा समाचार छ ।