देशभरको मौसममा बदली, बाढी पहीरोको खतराबाट सचेत रहन सुझाव

काठमाडौं । हवाई यातायाततर्फ शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु नियमित रुपले भइरहेका छन् ।
शनिबार अन्तराष्ट्रिय उडानतर्फ ३१ वटा आगमन तथा ३० वटा प्रस्थानको तालिका रहेका छन्भने आन्तरिकतर्फ ५९ वटा उडान हुनेछन् ।
देशभरको मौसममा बदली आएको छ । पुर्वी तथा मध्य भेगमा शनिबार दिउसो वर्षा हुने संभावना छ । पश्चिम नेपालका केही भेगमा पनि कमजोर वर्षा हुने संभावना छ ।
पुर्वी पहाडी जिल्लाहरुमा भने भारी वर्षाको संभावना रहेकोले बाढी पहीरोको खतराबाट सचेत रहन मौसम पुर्वानुमान महाशाखाले सुझाव दिएको छ । इमेजखबरमा समाचार छ ।