विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको १ सय १२ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको १ सय १२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
जापानको टोकियो शहरको पूर्वी इलाका साइतामामा बस्दै आएका १ सय १२ बर्षीय सकारी मोमइको साधारण ज्वरोका कारण निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् ।
सन् १९०३ को फेबु्रअरी ५ मा जन्मेका मोमइ साधारण स्कूलका पूर्व प्रधानाध्यापक थिए ।
गत बर्ष मात्रै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका मोमइको निधनप्रति जापानी सरकार र त्यहाँ जनताले समवेदना प्रकट गरेका छन् । -एजेन्सी