नुवाकोटको ककनीमा यात्रुबाहक बसमाथि ठूलो ढुंगा बज्रिँदा ५ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको ककनीमा यात्रुबाहक बसमाथि ठूलो ढुंगा बज्रिँदा ५ जनाको मृत्यु भएको छ ।
नुवाकोटको देउराली गाविसबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस बिहीबार ककनी गाविसको वडा नम्बर-१ सिस्नेरीमा आइपुग्दा माथिबाट ढुंगा खसेको हो ।
ढुंगाले च्यापिएर मृत्यु हुनेहरुमा बसका चालक रसुवा भोर्लेका प्रतिमान विक, हरेराम बस्नेत र राजु नेपाल रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।
बसमा सवार अन्य ५ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरिक्षक अरुणकुमार पौडेलले जानकारी दिए ।
चारजनाले भने बसबाट हाम्फालेर ज्यान जोगाउन सफल भएका थिए । ढुंगाले बस च्यापिएपछि नुवाकोट