काठमाडौ – राष्ट्रपति डा. रामवरण यादवले चार दलका नेताहरुलाई आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताउँदै शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुस्, राजीनामा गर्न तयार छु, भनेका छन् । ईकान्तिपुरमा समाचार छ ।
शुक्रबार बिहान साढे ८ देखि १० बजेसम्म राष्ट्रपति निवास सितलनिवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छारसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।