गोरखा । बुढीगन्डकी नदीमा पानीको बहाव बढेर बजार क्षेत्र कटान गर्न थालेपछि गोरखाको थुमी गाविस-६ स्थित सोतीबजारबासी विस्थापित भएको छ ।
बिहीबार राति १२ बजेदेखि बुढीगन्डकीले बजार क्षेत्र कटान गर्न थालेपछि सोतीबजारका ३३ घरधुरी विस्थापित भएका हुन् । नदी किनारामा रहेका ३३ घरमध्ये १४ घर भने पूर्ण जोखिममा परेको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा नदीले कटान गर्न थालेपछि स्थानीयबासिन्दा राति नै सुरक्षित ठाउँतर्फ लागेका थिए । सेना र प्रहरीको सहयोगमा स्थानीयहरुको घरमा भएको सामान पनि सारिएको छ । इमेजखबरमा समाचार छ ।