अन्तराष्ट्रिय समूदायले नेपालमा संविधान लेखन कार्य अघि बढेकोमा खुशी व्यक्त

अन्तराष्ट्रिय समूदायले निकट भविष्यमै जारी हुने संविधानले नेपालका सबै समूदायको हित हुने र विगतका सम्झौताहरुको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ। उनीहरुले नेपालका राजनीतिक दलहरु समक्ष शान्त, एकताबद्ध, समावेशी र लोकतान्त्रिक भविष्य निर्माण गर्ने अत्यन्तै महत्वपूर्ण अवसर रहेको बताएका छन्।
अन्तराष्ट्रिय समुदायका तर्फबाट नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी संविधान लेखन कार्य अघि बढेकोमा खुशी समेत व्यक्त गरेका छन्।
मस्यौदा तयार भई छलफलमा जनताकोमा समेत पुगेको अवस्थामा सबै नेपालीले अपनत्व महशुस गर्ने संविधान बन्ने उनीहरुको विश्वास छ।
नेपालका राजनीतिक दल र नेताहरु मानवअधिकारका आधारभूत मान्यता, लैङ्गिक समानता र समावेशी संविधान जारी गर्न निकट भविष्यमै सफल हुने उनीहरुको विश्वास छ। सेतोपाटीमा समाचार छ ।