कांग्रेसको १३ औं महाधिवेशन असोज २ गतेदेखि काठमाडौंमा हुने

नेपाली कांग्रेसको १३ औं महाधिवेशन असोज २ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
 
नयाँ बानेश्वरमा आज बसेको  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन २०७२ आश्विन २, ३, ४ र ५ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसले भदौंको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
 
त्यस्तै  बैंठकले नगर वडा, गाउँ र नगर अधिवेशन २०७२ भाद्र १ गते सम्पन्न गर्ने, निर्वाचन क्षेत्रीय अधिवेशन २०७२ भाद्र ७ गते सम्पन्न गर्ने, जिल्ला अधिवेशन २०७२ भाद्र १० सम्पन्न गर्ने निर्णय गरेको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । सेतोपाटीमा समाचार छ ।