प्रदेशको सिमाकंन टुग्याएर मात्रै संविधान जारी गरिने

विराटनगर- १६ बुंदे सहमति गर्ने चार प्रमुख दलका एक प्रमुख नेता विजयकुमार गच्छदारले प्रदेशको सिमाकंन टुग्याएर मात्रै संविधान जारी गर्ने प्रयास भइरहेको खुलासा गरेका छन्।
राष्ट्रपति र अरू क्षेत्रबाट पनि सिमाकंन गर्नुपर्ने राय आएपछि प्रमुख दलहरू संविधान जारी गर्नुअघि नै सिमाकंन पनि टुंग्याउने प्रयास गरिरहेको उनले बताए।सिमाकंनलाई पनि टुंग्याउने हाम्रो प्रयास हो, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले शनिबार विराटनगरमा पत्रकारहरूसित कुरा गर्दै भने, सिमाकंन टुग्याउदा पनि साउन १५ वा २० गतेभित्र संविधान जारी गर्न सकिन्छ। उनले दुई-चार दिन ढिलो भएपनि प्रदेशको सिमाकंन टुग्याए राम्रो हुने विचार व्यक्त गरे। राष्ट्रपतिजीले पनि सिमाकंन टुंग्याउँदा राम्रो हुने भनेर हाम्रो ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने, ‘सिमाकंनको विषयमा चार दल गम्भीर छ।
गच्छदारले संविधानजारी गर्नुअघि नै प्रदेशको सिमाकंन टुग्याउने र प्रदेशको नामाकरण प्रदेशसभाले तोक्ने व्यवस्था गर्न सकिने बताए। ‘मस्यौदामाथि नागरिकको राय