भूकम्पपछि अस्थायी रुपमा सडकबाट सञ्चालन हुँदै आएका दोलखाका निजी अस्पताल सडकमै सञ्चालन

भूकम्पपछि अस्थायी रुपमा सडकबाट सञ्चालन हुँदै आएका दोलखाका निजी अस्पताल सडकमै सञ्चालन भइरहेका छन् । यसरी सधैँजसोे अस्पताल सडकबाट सञ्चालन भई सडकबाट नहट्दा सवारी साधन सञ्चालन र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको त छँदैछ, उपचार गर्न आएका बिरामी थप बिरामी हुने गरेका छन्। 
 
भूकम्पपछि सदरमुकाम चरिकोटको सातदोबाटो चोकस्थित सडकमा सञ्चालन हुँदै आएका च्छोरोल्पा जनरल अस्पताल र गौरीशङ्कर जनरल अस्पताल तीन महिना पुग्न लाग्दा पनि हटेका छैनन् । 
 
सदरमुकामको व्यस्त सडकमा अस्पताल सञ्चालन हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको लापिलाङबाट किनमेलका लागि चरिकोट आउनुुभएका बलबहादुर थामी बताउनुुहुन्छ । सडकमा अस्पताल सञ्चालन हँुदा सर्वसाधारणलाई केही हदसम्म फाइदा भए पनि धेरै बेफाइदा हुने गरेको छ । होहल्लादेखि धुलो र पानीले उपचारमा आएका बिरामीलाई समेत समस्या हुने गरेको छ । 
 
सेवामूलक भावनाले भन्दा पनि नाफा कमाउने उद्देश्य राखी अस्पतालले सडकमै पाल राखेर औषधि पसलसमेत सञ्चालन गर्दै आएका छन् । च्छोरोल्पा अस्पताल सञ्चालन हुँदै आएको भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन भूकम्पका कारण बस्नै नहुने गरी ध्वस्त भएपछि च्छोरोल्पा अस्पताल वैशाख १२ देखी व्यस्त चोकमा टेन्ट र पालमुनि सञ्चालन भइहरेको छ । अस्पतालका सञ्चालक किरण दाहाल अझै पनि भूकम्पका परकम्प नरोकिएकाले सडकमै अस्पताल सञ्चालन गर्न बाध्य भएको बताउँछन्। 
 
उनले भने ,