काठमाडौंको बबरमहलमा भवन निर्माण विभागका सुपरभाइजरलाई घुस लिदैँ गर्दा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरि विकास भवन निर्माण विभागका सुपरभाइजर देवेन्द्र देव श्रेष्ठलाई घुस लिदैँ गर्दा पक्राउ गरेको छ। 
 
बबरमहल स्थित मुलचोक रेष्टुरेन्टमा घुस लिइरहेको बेला भवन निर्माण  विभागका सुपरभाइजर श्रेष्ठ र उनका सहयोगी भक्तपुरका सरोज थापालाई टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ।
 
६० हजार रुपैँया  सहित पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको पनि अख्तियारले बताएको छ।
 
श्रेष्ठले ललितपुर स्थित महालक्ष्मी स्थान मन्दिरको पर्खाल निर्माण भएपछि भुक्तानी लिन जाँदा उपभोक्ता समितिका पदाधिकारीहरुसंग घुस माग गरेको उजुरी परेको थियो। 
 
सोहि उजुरीका आधारमा आयोगले उनको पछि टोली खटाएको थियो। सेतोपाटीमा समाचार छ ।