कोशी नदीमा डुंगा डुब्दा बेपत्ता भएका १५ जनामध्ये १३ जनाको सकुशल उद्धार

सुनसरी  । सुनसरीको प्रकाशपुर गाविस वडा नम्बर-५ स्थित कोशी नदीमा मंगलबार डुंगा डुब्दा बेपत्ता भएका १५ जनामध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ । दुईजना भने अझै बेपत्ता छन् ।
प्रकाशपुर गाविस वडा नम्बर-४ का पवन चन्द्रवंशी र रिता चन्द्रवंशी बेपत्ता छन् । उनीहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
प्रकाशपुरबाट सुनसरीकै कोशी टापु हुँंदै उदयपुरतर्फ गइरहेको डुंगा नदीमा बाढी आएका कारण अनियन्त्रित भइ पल्टिएको बताइएको छ । इमेजखबरमा समाचार छ ।