केहि दिनयता निष्कृय भएको नेपालको मनसुन फेरि सक्रिय

काठमाडौं । केहि दिनयता निष्कृय भएको नेपालको मनसुन मंगलबारदेखि सक्रिय हुँदैछ । दिनभरी मौसममा बदली हुने र साँझदेखि पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापिय रेखा दक्षिणतिरबाट नेपाल तर्फ सरेकाले अब केहिदिन नेपालको मनसुन सक्रिय हुन्छ, मौसमविद सुवास रिमालले भने, साँझदेखि देशका अधिकांस स्थानमा पानी पर्छ ।
अहिले पूर्वी नेपाल र अधिकांस पहाडी क्षेत्रको मौसममा बदली आएको छ । जुलाई महिनाको सुरुवातसँगै नेपालमा सकृय रहेको मनसुन तीन दिन यता निष्कृय भएको थियो । अन्लाईनखबरमा समाचार छ ।