डिभि र पिआर भएका राजनीतिज्ञलाईसमेत कारबाही गर्ने गरी ऐन ल्याउने तयारी भईरहेको खुलासा

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीपछि डिभि र पिआर भएका राजनीतिज्ञलाईसमेत कारबाही गर्ने गरी ऐन ल्याउने तयारी भईरहेको खुलासा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नयाँ संविधान जारी भएपछि राजनीतिक दलहरु सम्बन्धी ऐनमा समेत संसोधन गरेर कारवाहीको ब्यवस्था गर्न लागेको जानकारी दिए।
मन्त्री पण्डितले निजामति सेवा ऐन आएसँगै संस्थान, शिक्षा सेवा, प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र विश्व विद्यालयहरुमा पनि केही नेपाल ऐन संसोधन विद्येयकमा संसोधन गरेर त्यस्तो ब्यवस्था गर्न लागेको बताए।
उनले भने