भोजपुरमा टाउको दुख्ने, ज्वरो आउने, झाडा पखाला, आउँ, रुघाखोकी, घाँटी दुख्ने, निमोनियाका विरामी बढ्न थाले

भोजपुर – जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थामा टाउको दुख्ने, ज्वरो आउने, झाडा पखाला, आउँ, रुघाखोकी, घाँटी दुख्ने, निमोनियाका विरामी बढ्न थालेका छन् । अस्पतालको बहिरङ, अन्तरङ्ग र आकस्मिक सेवामा उपचारका लागि भर्ना हुने विरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल लगायत प्राथमिक स्वास्थ्य केन्द्र दिङ्ला, घोडेटार, प्याउली लगायत स्वास्थ्य केन्द्रमा समेत विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।